बहुचर्चित ललिता निवास प्रकरण : नापी विभागका कर्मचारी श्रेष्ठ पक्राउ



काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीले उनलाई जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्