कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र सुवेदीको इजलासमा



काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा हुने भएको छ ।

गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आज (आइतबार)का लागि सुनुवाइको मिति तोकेको थियो ।

कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै पूर्व मुख्यमन्त्री एवं एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर बहुमत देखाएर कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले असार २९ गते रिट दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्