नेपाल–भारत सीमा क्षेत्रमा अज्ञात समूहद्वारा एक महिलाको गोली हानी हत्या



जनकपुरधाम । नेपाल–भारत सीमा क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गर्दा एक महिलाको हत्या भएको छ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो ।

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।

ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्