जंगली जनावरको आक्रमणबाट वृद्धको मृत्यु



चितवन । वनमा निउरो टिप्न गएका एक वृद्धको जंगली जनावरको आक्रमणट मृत्यु भएको छ । जिल्लाको बाघमारा सामुदायिक वनमा जंगली जनावरको आक्रमणट उनको मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–६ का ७५ वर्षीय नवराज अधिकारी बिहीबार उक्त वनमा निउरो टिप्न गएपछि साँझसम्म घर नफर्किएपछि खोजतलास गर्नेक्रममा उनी मृत अवस्थामा भेटिएका हुन् ।

मृत अधिकारीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृती हेर्दा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्