बसभित्रै वृद्धा बलात्कृत, २ जना पक्राउ



दाङ । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्