कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । शुक्रबार बस्ने बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी रहने छ ।

हिजो (बिहीबार)को बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए ।

बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक भोलिसम्म सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।

बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्