मुख्यमन्त्री पाण्डेको चुनौती : सक्नेले संसदीय दल नेता फेरे हुन्छ, फेर्छु भन्दै अतिरञ्जित गर्ने होइन



नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन् ।

महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था रहेको बताए ।

‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न,’ उनले भने, ‘तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने हो? संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं ।’

उनले कांग्रेस एक मात्र रहेकोले यो डुब्दा सभापति देउवामात्र नभई महामन्त्री थापा र आफू पनि डुब्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्