कांग्रेस केन्द्रीय समितिको बैठकमै बालकृष्ण खाँणलाई निलम्बन गर्न माग



काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ ।

तीनदेखि जारी बैठकमा खाँणको निलम्बनको पक्षमा बोल्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो बनेका छन् ।

‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’  शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताएका छन् । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने ।

यसअघि बुधबारको बैठकमा लक्ष्मी खतिवडा र राधा घलेले खाँणको पक्ष लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्