१०० किलो अवैध सुन राष्ट्र बैंक लगियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध सुन बरामद गरेको थियो ।

सुन बरामद भएपछि विभागले सुन र चालकसहित ट्याक्सीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । बुधबार रातभरी स्कुटरको ‘ब्रेक सु’ मा लुकाइएको सुन निकालेर बिहान विभागले जोख्नका लागि राष्ट्र बैंक पठाएको छ ।

राष्ट्र बैंकमा जोखिएपछि सुनको आधिकारिक परिमाण निश्चित हुने विभागका अधिकारीहरुको भनाइ छ । यद्यपि राजश्वका अधिकारीहरुले सुन करिब एक क्विन्टल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्