ठूलो परिणाममा सुन जफत भएकै दिन विमानस्थलबाट विदेशी मुद्रासहित ४ जना प्रक्राउ



काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बुटवलका अनिश थापा र गुल्मीका सन्तोष पन्थी, दिपेश राना रहेका छन्।

विमानस्थल प्रहरी प्रवक्ता एसएसपी दीप शमशेर जबराका अनुसार बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका मुद्रासहित चार जनालाई पक्राउ गरिएको बताएका छन् ।

उनीहरूको साथबाट ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७ ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरिएको एसपएसपी राणाले जानकारी दिए।

पक्राउ पर्नेहरु हिमालय एअरलाइन्सबाट दुबई जाँदै थिए। एसएसप जबराका अनुसार उनी भिजिट भिसामा जान लागेक रहेछन्। गुल्मीका सन्तोष पन्थी, दिनेश  राना लगायतका समूह पैसा पुर्‍याउन विमानस्थल पुगेका थिए।

उनीहरूले ती सबै मुद्रा चाउचाउको कार्टुनमा राखेर उनीहरू चारै जनालाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्