जापानमा २ नेपाली युवकको मृत्यु



काठमाडौं ।

जापानमा दुई नेपालीको डुबेर मृत्यु भएको छ । जापानी संचारमाध्यमका अनुसार यामागुची प्रान्तको इवाकुनी सिको कुसुनोकी-चोस्थित इमाजु नदीमा पौडी खेल्न क्रममा दुई जनाको मृत्यु भएको हो ।

जुलाई १८ का दिन चारजना मिलेर पौडी खेल्न गएकामा २ जना वेपत्ता भएका थिए । वेपत्ताहरुको आपतकालिन उद्धार सेवा दमकललाई खबर गरिएपछि उद्धार भएको थियो । वेपत्ता दुई जनालाई करीब २ मिटर गहिरो पानीमा डुबेको अवस्थामा उद्धार गरी अस्पत्ताल लगिएको उनीहरुको मृत्यु भएको घोषणा गरिएको थियो ।

मत्यु हुने दुबैको उमेर २० देखि ३० मुनिका उमेर समूहका रहेको उनीहरुको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्