ललिता निवास प्रकरण : १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति (नामावलीसहित)



काठमाडौं । बहुचर्चित ललिता निवास गग्गा हिनामिना प्रकरणमा संलग्न सञ्चार सचिवसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।

उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप पाँच दिन म्याद दिएको छ ।

यसअघि अदालतले पहिलोपटक ७, दोस्रोपटक पनि ७ र तेस्रोपटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरू १९ दिन हिरातमा छन् ।

प्रतिक्रिया दिनुहोस्