जंगली च्याउ खाँदा दुई जना बिरामी



दाङ ।

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् ।

शुक्रबार जंगलमा भेटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।

खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका- १ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए । दुवै बिरामीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्