ट्रकहरू ठोक्किएर हुर्हुरी बल्दा ३ को मृत्यु



हेटौंडा । पश्चिम मकवानपुरमा २ वटा ट्रक आपसमा ठोक्किएर हुर्हुरी बल्दा जलेर ३ जनाको मृत्यु भएको छ ।

ट्रकहरू ठोक्किएर आफंै आगो लाग्दा ट्रकमा सवार ३ जना बाहिर निस्कन नसकेपछि ट्रकस“गै जलेका हुन् । ट्रकमै जलेकाहरूको शरीरका केही अंग मात्र फेला परेको प्रहरीले जनाएको छ ।

पहिचान भएका मृतकहरूमा ना६ख ६६६७ नम्बर ट्रकचालक चितवनको राप्ती नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बातामाङ छन् । सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउ“पालिका–२, गोर्दीटार बस्ने २१ वर्षका सुमन चेपाङको मृत्यु भएको प्रहरी जनाएको छ । जलेर नष्ट भएको ना६ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुरको मनहरी गाउ“पालिका–३ का २० वर्षीय अमृत प्रजाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ ।

प्रहरीले जेसीबी प्रयोग गरेर जलेका शवहरू निकालेको थियो । शवका टुक्रा मात्र भेटिएको हु“दा चिन्न सकिने अवस्था छैन । घाइतेहरूको भनाइलाई आधार मान्दा ३ जनाको ट्रकमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जा“दै गरेको ना६ख ६६६७ नम्बर ट्रक र चितवनबाट हेटौंडातर्फ आउ“दै गरेको ना६ख ६३१ नम्बर ट्रक आपसमा ठक्कर खाएर दुर्घटना हु“दा दुवै ट्रकमा आगलागी भएको थियो । हेटौंडाबाट गएको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

शवका टुक्राहरू हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । शुक्रवार राति करिब पौने २ बजे मकवानपुरको मनहरी गाउ“पालिका–६, नया“बस्तीस्थित डिपाड गाउ“मा ट्रकहरू ठोक्किएको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

एक घाइतेका अनुसार ट्रकमा ५ जना सवार थिए । ट्रकमा सवार २ जना गम्भीर घाइते भएका छन् । ट्रकमा सवार चितवनको राप्ति नगरपालिका–३ बस्ने ३५वर्षीय विवेक तामाङ, ट्रकचालक मकवानपुर मनहरी गाउ“पालिका–३ बस्ने ३२ वर्षीय अर्जुनकुमार प्रजा गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

शनिवार बिहान करिब ५ बजे मात्र राजमार्ग चालु भएको थियो । विपरीत दिशाबाट यात्रारत ट्रकहरू आपसमा ठक्कर खाएपछि राजमार्गमै आगो लागेको थियो । लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिएर बिहान मात्र सवारी चालु गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्