सुन-चाँदीको भाउ आकाशियो : सुन प्रतितोला १ लाख १० हजारभन्दा महंगो, चाँदी ५ रुपियाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला ४०० रुपियाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपियाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

प्रतिक्रिया दिनुहोस्