बाढीपहिरो पीडितको उद्धार र सहयोग गर्न मातहतका नेता-कार्यकर्तालाई ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिएका छन् ।

वर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

‘भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन् । पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुनेक्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।’

बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्दै ओलीले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्