ललिता निवास जग्गा प्रकरणमा सात दिन हिरासतमा राख्ने अनुमति



काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका नौं जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले नौ जना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सो प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्व अधिकृत रमेशकुमार पोखरेल, देवनारायण महर्जन, काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षकद्वय धमानकुमार कार्की र बाबुराज महर्जनलाई पक्राउ गरेको थियो ।

त्यसै गरी ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्