राष्ट्रपतिको उपचार खर्च माग्दै अर्थ मन्त्रालयमा पत्र



g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार खर्च बेहोर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २ सय ७९ रुपियाँको निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र लेखेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मंगलवार बिहान परराष्ट्र मन्त्रालयको पत्र अर्थ मन्त्रालयमा पुगेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको उपचारमा लागेको खर्च बेहोर्ने निर्णय गरेको बताइएको छ ।

राष्ट्रपतिको उपचारको बिल भर्पाइका लागि ५५ लाख ४ हजार ६५४ रुपियाँसम्म दिन सकिने स्वीकृत मापदण्ड भएको उल्लेख गर्दै परराष्ट्रले अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । यसअघि सामान्य उपचारका लागि राज्यकोषको रकम दुरुपयोग गरी दिल्ली गएको भनी आलोचना भएपछि वैशाख १९ गते राष्ट्रपति कार्यालयले प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैंले बेहोर्न चाहेको बताएको थियो ।

उपचार खर्चको निकासाका लागि राष्ट्रपति पौडेलसँगै राष्ट्रपति शिष्टाचार महापाल तथा सुरक्षाकर्मी, सहयोगीसहित ११ जना दिल्ली गएको विवरण परराष्ट्र मन्त्रालयले पठाएको छ । राष्ट्रपति पौडेल गत वैशाख ६ गते उपचारका लागि नयाँदिल्लीकोे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर १७ गते स्वदेश फर्कनुभएको थियो ।

उहाँको सचिवालयले उपचार खर्च राष्ट्रपति आफंैले बेहोर्ने भनी वैशाख १९ गते प्रेस नोटमार्फत् जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्