कामना पब्लिकेसन्सको राष्ट्रिय भेला धुलिखेलमा : थप सशक्त हुने उद्घोष



काभ्रे । पत्रकारिताको इतिहासमा कामना न्युज पब्लिकेसन्स प्रालिको भूमिका, वर्तमान अवस्था र भावी कार्ययोजना निर्माण गर्दै दुईदिने क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला गोष्ठी हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सम्पन्न भएको छ ।

कामना न्यूज पब्लिकेसनद्वारा प्रकाशित कामना, साधना मासिक, नेपाल समाचारपत्र दैनिक र न्युज अफ नेपालमा कार्यरत सञ्चारकर्मी गोष्ठीमा सहभागिता रहेको थियो । नेपालमा कामना मासिक सिने पत्रिकाको शुरुवाती अवस्था र त्यसको इतिहासमा स्व. पुष्करलाल श्रेष्ठलगायतको योगदानका बारेमा पब्लिकेसन्सका कार्यकारी प्रमुख दिरेकलाल श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

नेपालका विभिन्न शहरबाट एकै साथ प्रकाशन गर्ने पहिलो दैनिक पत्रिका नेपाल समाचारपत्र, विदेशबाट समेत पहिलोपटक प्रकाशन आरम्भ गरेको, बिहान नेपाल समाचारपत्र र दिउँसो महानगर गरी दुईवटा दैनिक प्रकाशन गरेको, स्वास्थ्य पत्रिका साधना र अन्य सञ्चारमाध्यमको निरन्तर प्रकाशनमा विगतमा भएका प्रयास, संघर्ष र बदलिँदो अवस्थामा अनलाइन संस्करण न्युज अफ नेपालको प्रकाशनसम्बन्धी भएका व्यवस्थापकीय पक्ष र आगामी दिनमा पब्लिकेसन्स प्रालिले खेल्ने भूमिकाका बारेमा कार्यकारी प्रमुख दिरेकलाल श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

‘पुस्ताले छाडेको नासोसहितको सम्पत्तिलाई निरन्तरता दिने मात्रै नभई समाचार माध्यमले फरकफरक विद्याबाट नागरिकहरूलाई सूसूचित गर्न सक्छ भन्ने मान्यता स्थापित गर्न कामना न्युज पब्लिकेसन्स सफल भएको छ’–प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो– ‘आगामी दिनमा नयाँ योजनाका साथ जाने उदेश्यले क्षमता अभिवृद्धिसहितको बृहत् कार्यशाला आयोजना गरिएको हो । प्राप्त सुझाव र सल्लाहलाई क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।’

अध्यक्ष रकिनलाल श्रेष्ठले पुस्ताको विरासतलाई पछ्याउँदै उहाँहरूको योगदानको स्मरणका साथ प्रविधिको उच्चतम प्रयोगबाट कामना पब्लिकेसन्सलाई थप उचाइमा पु¥याउन लामो समयदेखि कार्यरत सहकर्मी तथा आवद्ध सम्पूर्ण सदस्यहरूलाई अनुरोध गर्नुभयो ।

तीन तहका सरकारका काम, नागरिकहरूको सेवामा सरलीकरणमा नेपाल समाचारपत्र दैनिकले निरन्तर निगरानी गर्ने नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले बताउनुभयो । ‘नागरिकहरूलाई सुसूचित गर्दै सरकारका गतिविधिमाथि निरन्तर निगरानी पहिलो प्रयास हुनेछ’–सम्पादक पण्डितले भन्नुभयो– ‘समाचारको माध्यमबाट संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा र नराम्रा पक्षको प्रत्यक्ष वा परोक्ष निगरानी गरिने छ । देशभर कार्यरत सहकर्मीहरूले समाचारको स्रोत त्यसतर्फ कन्द्रित गर्नु पर्छ ।’

नेपाल समाचारपत्र दैनिकले विगत केही महिनादेखि तीन तहकै सरकारका कामको समीक्षा गर्दै आएको उहाँले बताउनुभयो । ‘हामी भ्रष्टाचाररहित देश, समाजको निर्माण गर्ने अभियानमा केन्द्रित रहेर निरन्तर खबरदारी गर्नेछौं’, सम्पादक पण्डितले भन्नुभयो– ‘यो कार्य एक्लै सम्भव छैन । कामना न्युज पब्लिकेसन्सको टिम यसमा सक्रिय रहनेछ ।’

देशभरका जिल्ला संवाददाता तथा केन्द्रीय कार्यालयका सहकर्मी सहभागी कार्यशालामा प्रविधिसँगै बद्लिँदो अवस्थामा पब्लिकेसन्समार्फत भइरहेका नेपाल समाचारपत्र दैनिक, कामना र साधना मासिक, न्युज अफ नेपाल अनलाइन प्रकाशनका सन्दर्भमा सल्लाहकार सम्पादक कपिल काफ्ले, कामना मासिकका सम्पादक विदुर गिरी, साधना मासिकका सम्पादक लक्ष्मण अधिकारी, समाचार सम्पादक दीपक रिजाल, केन्द्रीय कार्यालयको तर्फबाट राजु श्रेष्ठ, यदुप्रसाद भट्ट र सूर्य अर्याल, बजार व्यवस्थापन विभागको तर्फबाट रवि खनाल र नन्दगोपाल क्षेत्री, प्रशासनका तर्फबाट अञ्जु श्रेष्ठ र कर्ण प्रधानले गोष्ठीमा कामना न्युज पब्लिकेसन्सका तर्फबाट भइरहेका अभ्यास, प्रयास र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

देशभरबाट सहभागी संवादादाताहरूले पब्लिकेसन्सलाई अझै उचाइमा लैजान निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । गोष्ठीमा विकास पत्रकारिताका सन्र्दभमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा. भानुभक्त आचार्यले पत्रकारिताको पछिल्लो अवस्थामा तीन तहका सरकार र नागरिकहरूले प्राप्त गरेको सेवाका सन्र्दभमा प्रशिक्षण दिनुभएको थियो ।

अतिथि कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कामना न्युज पब्लिकेसन प्रालिले नेपालको कलाकारिता र पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कलाकार गिरीले आँखा झिमिक्क हुन नपाउँदै परिवर्तन हुने अवस्थामा प्रविधि रहेकाले त्यसको भरपुर उपयोग गर्दै गुणस्तरीय समाचार पस्कन पब्लिकेसन निरन्तर सक्रिय हुन सुझाव दिनुभयो ।

कृत्रिम समूहले सत्यलाई असत्य र असत्यलाई सत्य भनेर प्रचार गर्ने क्रमलाई पब्लिकेसनको गुणस्तर, सत्यतथ्य खोजमूलक सामग्री प्रकाशनमा जोड दिन कलाकार गिरीले अनुरोध गर्नुभयो ।

‘कुनै समय म आफैं पनि पत्रकार थिएँ । पत्रकारिताको माध्यमबाट नागरिकलाई सुसूचित गर्ने हो’–कलाकार गिरीले भन्नुभयो–‘अहिले त्यस्तो छैन । तर, पनि युवाहरूको सक्रियता जताततै बढिरहेको अवस्थामा कामना पब्लिकेसनले युवा जोशसहितको नेतृत्वमा प्रकाशनलाई निरन्तरता दिइरहेको छ ।’

पत्रकारितामा पहिलाको जस्तो मिठासपन कम हुँदै गएको, पत्रकारिताको मर्म नबुझेका थुप्रै सम्पादकका कारण भएको कुरा नभएको र नभएको कुरा भएको बनाउन थालेको अवस्थामा त्यसलाई चिर्न कामना पब्लिकेसन सक्षम भएको कलाकार गिरीले बताउनुभयो ।

कलाकार निरौलाले कामना पब्लिकेसनले नेपालको कलाकारिता र पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याएको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला फिल्मका लागि विशेष जिल्ला भएको बताउँदै कलाकार निरौलाले कामना खोजीखोजी पढ्ने बानी बसेका पाठकहरूलाई अझै खँदिला सामग्री पस्कन सुझाव दिनुभयो । समाचारपत्र प्रेमपत्र बन्न सक्ने अवस्थामा पु¥याउन देशभरका सहकर्मीहरूको क्षमतालाई अझै उँचो बनाउन निरन्तर सक्रिय रहन कलाकार निरौलाले अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले नेपालको पत्रकारिताको इतिहासमा कामना प्रकाशन समूहका तर्फबाट प्रकाशन भएका विभिन्न सञ्चारमाध्यमहरूले नेपाली नागरिकहरूको हक अधिकार र सूचना पाउने अधिकारलाई पूर्णतः सुनिश्चित गरेको बताउनुभयो ।

बदलिँदो अवस्थामा नागरिकहरूको चाहना फरक भएको हुन सक्छ तर नेपाल समाचारपत्रलगायत कामना, साधना, महानागर लगायतका छापा र न्युज अफ नेपाल अनलाइनले पाठकहरूको चाहनालाई पूरा गर्न निरन्तर प्रयास गरेको छ’, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले भन्नुभयो– ‘जनआन्दोलन, राजाको सक्रिय शासनका समयमा तत्कालीन अवस्थाको सशस्त्र द्वन्द्व, राजपरिवारको हत्याको समय होस वा भूकम्प र कोरोनाको समयमा पनि नागरिकहरूलाई सुसूचित गर्ने सन्र्दभमा कामना प्रकाशन समूह चुकेको छैन ।’ यो सम्पत्तिलाई निरन्तर बचाइराख्न र थप गुणस्तरसहितको पाठकहरूको रुचिको सञ्चारमाध्यम बन्न खोजी र अनुसन्धानमूलक समाचारलाई प्राथमिकता दिन जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकहरूलाई अधिकार प्राप्तिसँगै सूचनाको सहज र सरल तरिकाले जानकारी गराउने कार्यमा कामना न्युज पब्लिकेसनल सधैं अग्रपंक्तिमा रहेको बताउनुभयो । ‘जिल्लाका समग्र विषयवस्तुलाई राष्ट्रिय स्तरको समाचारका रूपमा प्रकाशन गर्ने कार्यलाई पब्लिकेसनले विशेष प्राथमिकता दिएको छ’, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो– ‘नागरिकको समस्या र राज्यले प्रदान गर्ने सेवामा हुन सक्ने ढिला सुस्तीलगायतका क्षेत्रमा निगरानी गर्नुजरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्