नेपाल समाचारपत्र दैनिकले तीनै तहको सरकारको निगरानी गर्छ : सम्पादक पण्डित



काठमाडौं । नेपाल समाचारपत्र दैनिकले तीनै तहको सरकारको निगरानी गर्ने सम्पादक सागर पण्डितले बताउनु भएको छ ।

उहाँले समाचारको माध्यमबाट संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा र नराम्रा पक्षको प्रत्यक्ष वा परोक्ष निगरानी गर्ने बताउनु भएको हो ।

आज (शुक्रबार) दिउँसो २ बजे धुलिखेल काभ्रेपलाञ्चोकमा आयोजित कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै सम्पादक पण्डितले यस्तो बताउनु भएको हो ।

उहाँले नेपाल समाचारपत्र दैनिकले विगत तीन महिना गत बैशाख यता तीनै सरकारको निगरानी गर्दै आएको स्मरण गराउनुभयो । यद्यपि सरकारका नराम्रा कार्यलाई मात्रै नभएर राम्रा कार्यको पनि सकारात्मक ढंगले निगरानी गर्ने स्पष्ट पार्नुभयो ।्

उहाँले भन्नुभयो– ‘हामीले नेपाल समाचारपत्र दैनिकको माध्यमबाट भ्रष्टाचाररहित देश, समाजको निर्माण गर्नुछ । जसका लागि यो कार्य आफू एक्लैले असम्भव भएकोले कामना न्यूज पब्लिकेसन्सको सम्पूर्ण टिमले नै सहयोग गर्नुपर्छ । सबैको सामूहिक कार्यले नै यो सम्भव हुनेछ, भएको छ ।’

प्रतिक्रिया दिनुहोस्