कामना फिल्म अवार्ड वितरण गरिने : निर्देशक श्रेष्ठ



धुलिखेल, काभ्रेपलाञ्चोक । लामो समयदेखि बन्द भएको कामना फिल्म अवार्ड वितरण गरिने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमसँगै बन्दाबन्दी (लकडाउन)मा बन्द भएको उक्त अवार्ड यसै वर्षदेखि वितरण गरिने भएको हो ।

कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि आज (शुक्रबार) धुलिखेल, काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामना न्यूज पब्लिकेशन्सका कार्यकारी निर्देशक तथा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ यस्तो बताउनु भएको हो ।

उहाँले कोभिड कोभिड–१९ को जोखिमसँगै बन्दाबन्दीको समयमा बन्द भएको कामना फिल्म अवार्ड यसै आर्थिक वर्ष २०८० बाट वितरण गर्ने श्रेष्ठले बताउनुभयो ।

उक्त अवार्ड वितरणका लागि सबै तयारी पूरा भईसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्