कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा



धुलिखेल, काभ्रेपलाञ्चोक । कामना सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा शुरू भएको छ ।

कामना न्यूज पब्लिकेशन्सद्वारा प्रकाशित कामना, साधना मासिक, नेपाल समाचारपत्र दैनिक र न्यूज अफ नेपालमा कार्यरत सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम धुलिखेलमा शुरू भएको हो ।

आज (शुक्रबार) दिउँसो २ बजेदेखि उक्त कार्यक्रम धुलिखेलमा शुरू भएको छ । कामना सञ्चारकर्मीहरूका लागि आज र भोलि (शनिबार)सम्म क्षमता अभिवृद्धि कार्यक्रम हुनेछ ।

त्यस्तै उक्त कार्यक्रममा कामना न्यूज पब्लिकेशन्सको वर्तमान अवस्थाको समीक्षा हुनेछ भने भावी योजनाबारे पनि थप छलफल हुने नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममै कामनाको व्यावसायीक उद्देश्यबारे पनि बृहत् छलफल हुने कामना न्यूज पब्लिकेशन्सका सिइओ दिरेकलाल श्रेष्ठले बताउनुभयो । कार्यक्रममा कामनाकर्मीलगायत झन्डै ७० जनाभन्दा बढीको सहभागिता छ भने सञ्चारविज्ञहरूको पनि उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्