राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत हुँदै


काठमाडौं । राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । आज (शुक्रबार) दिउँसो साढे २ बजे उक्त सभाको बैठक आह्वान गरिएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक (बजेट) २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी विद्यालय व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालयको विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसुचीमा उल्लेख छ ।

मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० मामाथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।