मेयर बालेनको निर्देशन : निजी विद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरहको तलबभत्ता दिनु



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सरकारी विद्यालयका शिक्षकसरह तलबभत्ता दिन निर्देशन दिएका छन् ।

निजी विद्यालयले शिक्षकहरूलाई सरकारले तोकेअनुसार तलबभत्ता नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले उक्त निर्देशन दिएकसँगै सरकारी विद्यालयको तलब स्केलसमेत आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

बालेनले सरकारी विद्यालयको तलब स्केलसरह सुविधा प्राप्त नभएमा महानगरको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्