प्रधानमन्त्रीले संसद्‌मा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने भएका छन ।

आज (बुधबार) विहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।

विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रधानमन्त्रीको जवाफपछि सभामुखले खर्च कटौतीबारे विभिन्न सांसदहरूले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्