ट्रिपरले स्कुटीलाई ठक्कर दिँदा हेटौडामा एककाे मृत्यु



हेटौडा ।

हेटौडामा ट्रिपरले ठक्कर दिँदा एक स्कुटर चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।

समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार टिपरको ठक्करबाट घाइते भए लगत्तै उनलाइ हेटौडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, सोही उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे ।  ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्