प्रहरीद्वारा कारभित्र लुकाएको दुई करोडभन्दा बढी मूल्यको सुन बरामद



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले झण्डै दुई करोड मूल्य बराबरको सुन बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहतको बीओपी बयरघाटले हिजो (शनिबार) राति लुम्बिनी साँस्कृतिक नगरपालिका १३ को कालीदहमा उक्त सुन फेला पारेको हो ।

भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारभित्र दुई वटा ईंट आकारको सुन लुकाएको अवस्थामा बरामद भएको सशस्त्रले जनाएको छ ।

चालक मात्र रहेको सवारी साधनमा फेला परेको सुनको अन्दाजी मूल्य एक करोड ८८ लाख २७ हजार हुन आउँछ ।

राति नै उक्त सुन र १५ लाख मूल्य बराबरको कार गरेर दुई करोड तीन लाख २७ हजार मूल्य कायम गरी भन्सार कार्यालयलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्