आज देशभरका पालिकाको बजेट



काठमाडौं । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सार्वजनिक गर्दै छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्छ ।

ऐनमा असार १० गतेभित्र बजेट उल्लेख गरिएकाले वीरगन्ज महानगरपालिका, घुलिखेल नगरपालिकालगायत १० स्थानीय तहले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

अहिलेसम्म कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरेका हुन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालू आर्थिक वर्षका लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्