पेरिसमा राजेशपायलको सांगीतिक धमाका



लोकप्रिय गायक राजेशपायल राईले फ्रान्सको राजधानी पेरिसमा सांगीतिक धमाका मचाएका छन्।

युरोपबाट नेपाल समाचारपत्रका शुभचिन्तक शेरबहादुर परियारले जानकारी गराएअनुसार नेपाली सांस्कृतिक गृहले हालै आयोजना गरेको १८औं नेपाल महोत्सवमा गायक राईले आप्mनो सांगीतिक प्रस्तुति दिँदै नेपाली गीत संगीत गुञ्जाएर धमाका मचाएका हुन्। मायाको लागि आई परे ज्यान पनि त्याग्न राजी छु बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका गायक राईले त्यसपछि क्रमशः दर्शन नमस्ते, नाई नभन्नु ल, म त मर्छु कि क्या हो ठूली, यानी माया, दिक्तेल बजारजस्ता आप्mना हिट नम्बर पस्केर दर्शकलाई उचालेका थिए।

मञ्चमा उक्लेपछि जादुमयी ढंगले लगातार घण्टौंसम्म गीत संगीत पस्किने गर्दै आएका गायक राईले सो कन्सर्टमा पनि लगातार २ घण्टा सांगीतिक प्रस्तुति दिएका थिए। उनका हरेक सांगीतिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए। महोत्सवमा नेपाली कला र संस्कृतिलाई माया गरेर नेपालीका साथमा विदेशीको पनि बृहत् उपस्थितिले थप हौसला मिलेको गायक राईले बताए। महोत्सवबाट उठेको मुनाफा नेपाली वैज्ञानिक महावीर पुनमार्फत नेपाल राष्टिझय आविस्कार केन्द्रलाई आर्थिक सहयोगस्वरुप हस्तान्तरण गरिने आयोजक नेपाली सांस्कृतिक गृहका संयोजक कविन्द्र कायस्थले जानकारी गराए। गृहले नेपाली कला संस्कृतिलाई विदेशमा पनि प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष नेपाली महोत्सवको आयोजना गर्दै आएको छ।

गायक राईले युरोप बसाइको क्रममा नेपालका राजदूत दीपक अधिकारीसँग भेट गरी नेपाली गीत संगीत तथा विविध समसामयिक विषयमा छलफलसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्