तीन महिनापछि सेयर कारोबार २ खर्ब नाघ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ५१ दशमलव ३१ अंकले बढेर १ हजार ९४२ दशमलव ६३ बिन्दुमा पुगेको छ । यससँगै नेप्सेको समग्र बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब बराबर रुपियाँ पुगेको छ ।

कुल ६० लाख ६७ हजार कित्ता सेयर २ अर्ब २० करोड २३ हजार रुपियाँमा कारोबार भएको छ । लामो समयपछि परिसूचक र कारोबार रकममा उच्च वृद्धि भएको छ । करिब तीन महिनापछि नेप्सेमा २ अर्ब बढीको कारोबार भएको छ भने सातादेखि नेप्से बुलिस ट्रेन्डमा रहेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा छ । सो कम्पनीको १० करोड ५ लाख १५ हजार रुपियाँको सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतले कमाएका छन् । सनराइज फस्ट म्युचुअल फन्ड दुई, ग्लोबल आईएमई बैंकको ऋणपत्र एक दशमलव ९८, लक्ष्मी उन्नती कोष एक दशमलव ६५, लक्ष्मी बैंकको ऋणपत्र एक दशमलव ६५ र आर्दश लघुवित्तका लगानीकर्ताले एक दशमलव २३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्