कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । आज (शुक्रबार) अपरान्ह ४ बजे बस्ने प्रतिनिधि

सभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्