माओवादी केन्द्रका चार पदाधिकारी चीन प्रस्थान



काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए । उनीहरू आज छिन्दु प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा माओवादीका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य प्रदेश अध्यक्षहरूसहित केन्द्रीय नेताहरू रहेको मैनालीले बताए । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्