सरकारले २ वर्षदेखि कृषि बीमाको अनुदान भुक्तानी दिएन : जेठ ७ गतेदेखि कृषि बीमालेख र दाबी भुक्तानी नहुने



काठमाडौं । सरकारले लामो समयदेखि कृषि बीमाको अनुदान रकम भुक्तानी नगर्दा करिब ३ अर्ब रुपिया“ बक्यौता रहेको नेपाल बीमक संघले जनाएको छ । सरकारले कृषि बीमा शुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीलाई दिनुपर्ने रकमको भुक्तानी नदिएको हो ।

बीमालेखको बीमांकमा कृषि विभागको असहमति रहेको भन्दै बीमांक एकिन नगरी दाबी भुक्तानी दिन नसक्ने तथा जेठ ७ गतेदेखि कृषिस“ग सम्बन्धित बीमालेख जारी गर्न तथा दाबी भुक्तानी पनि स्थगन गरिएको संघले जनाएको छ ।

संघका अनुसार मााछाको अनुदान रकम २०७७ सालदेखि बा“की रहेको छ । बाली बीमाको अनुदान रकम २०७८ असोजदेखि चैत मसान्तसम्म आंशिक भुक्तानी दिए पनि तत्पश्चातको बा“की रहेको छ ।त्यस्तै पशपक्षी बीमाको अनुदान रकम २०७८ असोजदेखिको बा“की रहेको छ ।

सरकारले २०६९ माघदेखि कृषि बीमा शुल्कमा अनुदान दि“दै आएको छ । विगत १० वर्षदेखि नेपाल वीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हु“दा दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान लामो समयसम्म भुक्तानी नहु“दा समस्या परेको संघको भनाइ छ । अन्य देशमा बीमाशुल्कमा अनुदान रकम प्राप्त भए पश्चातमात्र दाबी भूक्तानी हुने गर्दछ तर नेपालमा पहिले नै दावी भूक्तानी हु“र्दै आएको संघको दाबी छ ।

प्राधिकरणले जारी गरेको कृषि बीमा निर्देशिका बमोजिम कार्य गरेका कम्पनीको अनुदान रोक्नु सरकारको कृषि योजनामा नै नकारात्मक प्रभाव पार्ने भन्दै संघले सरोकार पक्षको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै सरकारबाट प्राप्त हुनुपर्ने बा“की बक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसंग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सो संग सम्बन्धित क्षतिको दावी भूक्तानी दिन कम्पनी असमर्थ रहेको समेत संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्