धादिङ ।
अघिल्लो दिनसम्म पानी परिरहेको थियो । पहिरो लड्नसक्ने आवस्था पनि थियो । यसै सन्दर्भमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ अल्छीडाडाँमा पहिरो लडेको खबर आयो । पहिरोमा केही मानिस घाइते भएको र घर लडेको खबर आएपछि नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली घटनास्थल पुग्यो ।
मानिस उद्धार गर्ने हतियारसहित सो क्षेत्रमा पुगेको टोलीले पहिरोमा परेकाहरुलाई सावधानीपूर्वक पाखामा निकाल्यो । भाँडाकुँडा र समेत निकालिदियो । घाइतेहरुलाई जिल्ला अस्पताल समेत पुर्याइएको थियो ।

अल्छीडाडाँको पहिरोमा साँच्चिकै जसरी पहिरोमा परेकाहरुको उद्धार गरिँदा स्थानीयबासीहरु समेत छक्क परेर हेरेका थिए । केही स्थानीयवासी त उद्धारमा समेत पुगेका थिए। पहिरोको अप्ठेरो भागमा घाइते भएकाहरु ढाड भाँचिएका, खुट्टा काटिइएका र चिच्याइ रहेकाहरुलाई उद्धार गरिएको थियो ।
शिवदल गण गजुरी ब्यारेकले आयोजना गरेको कृत्रिम घटना अभ्यासमा नेपाल रेडक्रस सोसाइटी धादिङले प्राथमिक उपचार र उद्धारमा सघाएको थियो ।
घटना जसरी उद्धार गरेर देखाउने र घाइतेहरु वास्तविक जस्ता बनाएर गरिने अभ्यासले उद्धारकर्ताहरुलाई सीपको विकास हुने र समुदायले पनि हाम्रा उद्धारकर्मीहरु उद्धारमा सक्षम छन् भन्ने देखाउन मद्दत पुगेको सिम्मुलेटर कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

अत्यन्त कठिन पहरामा कसरी चढ्ने, मानिसले बोकेर लान नसकिने भीरबाट कसरी बिरामी बोक्ने जस्ता अभ्यासहरु समेत गरिएको थियो ।
कृत्रिम घटना अभ्यासमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, शिलवदल गण गजुरीका कर्णेण अशोकराज बराल, प्रहरी उपरीक्षक गौतम मिश्रले अवलोकन गर्दै विपद् परेको बेलदामा नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीको टोली तयारी हालतमा रहेको बताउनुभयो ।











प्रतिक्रिया