यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत


काठमाडौं ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत राखेको थियो । विश्‍व बैंक एसियाली विकास बैंकको अन्तिम प्रक्षेपणमा ४.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए।

यस्तै नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।