उपेन्द्र यादव शपथ ग्रहणमा उपस्थित भएनन् किन ?



काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभाका सदस्य उपेन्द्र यादव शपथ ग्रहणमा उपस्थित भएनन् । यादव काठमाडौंमा नरहेकाले शपथमा उपस्थित नभएको बताइएको छ ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।

यद्यपि रास्वपाका सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्