रास्वपाका सांसदद्वय रवि-स्वर्णिमले लिए शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रतिनिधि सभाको कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्