उद्योग वाणिज्य महासंघ : एशोसिएटतर्फको उपाध्यक्षमा संघई प्यानलकी ज्योत्सना विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

श्रेष्ठले आफ्ना निकटम प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतान्तरले पराजित गराएकी हुन् ।

कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्