कांग्रेसले चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने



काठमाडौं । नेपाली कांग्रेसले चितवन २ मा हुने उपनिर्वाचनका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा पुनः निर्वाचन हुन भएको हो ।

प्रतिक्रिया दिनुहोस्