‘वरिष्ठ नेता’ बाट मैनाली अलग



हेटौंडा।

भदौ ५ गते मकवानपुरबासीको पवित्र मन्दिर बनस्खण्डीमा जिल्लामा राप्रपाको ‘वरिष्ठ नेता’ को पदग्रहण गर्नुभएका हेटौंडाका समाजसेवी युवा राजन मैनालीले पार्टीको ‘वरिष्ठ नेता’ त्याग्नुभएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र–२ मा रहेका पार्टी सदस्य संख्या बराबर पनि मत प्राप्त गर्न नसक्नुभएका उहाँले आफ्ना क्षेत्रका कार्यकर्ताको मन र विश्वास जित्न नसकेको, चुनावमा हार व्यहोर्नुपरेको र जिल्ला वरिष्ठ नेता हुँदा पार्टीले सोचेअनुरुप संगठन विस्तार गर्न नसेकेको कारण नैतिकताका आधारमा पार्टीको साधारण सदस्य भने रहने गरी जिल्ला वरिष्ठ नेताबाट राजीनामा दिनुभएको हो ।

उहाँले आफूलाई वरिष्ठ नेता रहँदा सहयोग गर्ने सम्पूर्ण केन्द्रीय नेतागण, जिल्लाका नेतागण, पार्टी सदस्यहरु तथा भ्रातृ संगठनका सदस्यहरुलाई धन्यबाद दिनुभएको छ । संगठन विस्तारमा महत्वपूर्ण भूमिका निभाउने उद्धेश्यसाथ विभिन्न तहमा भएका सम्झौताअनुसार उहाँ वरिष्ठ नेता चयन हुनुभएको थियो ।

‘म पार्टीप्रति सधैं ऋणी छु । यहाँहरुले मलाई विश्वास गरी मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेद्वार बनाएर फेरि अर्को ऋण लगाउनु भएको कुरा मैले जीवनको अन्तिमसम्म पनि बिर्सने छैन,’ उहाँले भन्नुभएको छ–तर, पार्टीले मलाई जुन विश्वास ग¥यो, मैले त्यसअनुसार भूमिका निभाउन सकिनँ कि भन्ने लाग्दछ ।
धरानका निर्वाचित मेयर हर्क साम्पाङको शैलीलाई निर्वाचनको उचित र प्रेरणाको स्रोत मान्दै उहाँ निकै कम खर्चमा चुनावी अभियानमा होमिनुभएको थियो । देश श्रीलंकाजस्तो जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अभिव्यक्ति दिँदै हेटौंडा वडा नम्बर–४, हुप्रचौरका स्थायीबासी करिब ५८ वर्षीय मैनाली चुनावका लागि केही सहयोगी कार्यकर्ताको सहयोगमा गाउँ प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्