उपराष्ट्रपति निर्वाचन : आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार



काठमाडौं ।

उपराष्ट्रपति चयनका लागि जारी मतदानमा दुई उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन्  । संघीय र प्रदेशसभा दुवैको सदस्य नभएकाले अष्टलक्ष्मी शाक्य र ममता झाले  मतदान गर्न नपाउने भएकाे हुन्  ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

प्रतिनिधिसभा सदस्य रहेका रामसहायप्रसाद यादवले भने मतदान गरिसकेका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्