राष्ट्रपति निर्वाचनको मतगणना शुरु, नतिजा आजै


काठमाडौं । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको हो ।

संघीय संसद् भवनको अन्नपूर्ण हलमा भइरहेको मतगणनाको नतिजा बिहीबार नै आउने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन् ।  विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।