गलत क्रियाकलापको पक्षमा राप्रपा छैन : अध्यक्ष लिङदेन



काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे ।

उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुन आवश्यक रहेको बताए । उनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्