फेवातालमा डुंगा बेपत्ता, खोजी कार्य तीव्र


गण्डकी ।

पोखराको फेवाताला शनिबार एउटा डुंगा डुबेर वेपत्ता भएकाे छ । उक्त डुंगाकाे खोजी कार्य तीव्र भएकाे प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए  ।

डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।