काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका विभिन्न संरचना तत्काल हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीका अनुसार पशुपति क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएका संरचनाको निरीक्षण गरेपछि हटाउन निर्देशनसहितको अल्टिमेटम दिइएको छ ।
पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा अतिक्रमण गरि गौशाला धर्मशाला सञ्चालन भइरहेको पाइएकोले महानगरद्वारा हटाउन निर्देशन दिइएको अधिकारीले बताए ।
त्यस्तै उक्त क्षेत्रमा २० भन्दा धेरै दर्ता नै नगरी सटर सञ्चालन भइरहेको महानगर जनाएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले अल्टिमेटम दिएको हो । रासस











प्रतिक्रिया