ट्राफिक प्रहरीको कमाउ धन्धा : सवारी जाँचको बहानामा अवैध ढंगले चालकबाट रकम असुली



धनुषा ) ट्राफिक प्रहरीकै कारण राजमार्गमा सबारी जाम हुने गरेको छ । राजमार्गमा चल्ने सवारी साधनको चेकजाँच गर्ने नाममा ट्राफिक प्रहरीले दुईतर्फी चल्ने सबारी साधनलाई एकै स्थानमा रोक्दा सबारी जाम हुने गरेको हो ।

चेकजाँचको बहानामा ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको सबारी चालकले बताउने गरेका छन । भारतबाट मङ्गलबार फलफुल लिएर मधेस प्रदेशको सिराहास्थित लाहानबाट फर्कदै गरेको युपी ७८ एच एन ४५५५ नम्बरको भारतीय ट्रकलाई धनुषाको लालगढ ट्राफिक प्रहरी पोष्टले १ सय ५० रुपियाँ लिएर जान दिएका छन् ।

गाडीका चालक दीपक पालले भने नेपालको हरेक २० किलोमिटरमा रहेका ट्राफिक प्रहरीले विभिन्न बहाना बनाउँदै रकम लिने गरेको दुखेसो पोखे । लाहानबाट फर्कदै गरेको अवस्थामा धनुषाको लालगढमा ट्राफिक प्रहरीले चेकजाँच गरेपछि उक्त ट्रकका चालकलाई राजमार्ग भन्दा भित्र रहेको पोष्टमा लगेर रकम लिएका छन् ।

रकम लिनेमा ट्राफिक प्रहरी हवल्दार सत्यनारायण मण्डल रहेका छन् । भारतको राजस्थानकबाट मार्बल लोड गरेर जनकपुर भिट्टामोड हुँदै बर्दिबास आउँदै गरेको युपी ५३ एफटी ०९४० नम्बरको ट्रकका चालक सरफराजसँग ट्राफिक प्रहरी मण्डलले भारतीय ५० रुपियाँ र नेपाली ५० रुपियाँ लिएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, नेपाल प्रबेश गरेपछि नीलि प्रहरी र काली प्रहरीले अनाबश्यक रुपियाँ लिने गरेका छन् । ट्राफिक प्रहरी हवल्दार सतनारायण मण्डल भन्नुहुन्छ । आफुले सबारी चालकसँग अनाबश्यक रकम नलिएको बताउनुभयो । तर, उहाँलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय, पथलैयाले अनधिकृत रकम लिएको आरोपमा छानविनको लागि झिकाएको छ ।

ट्राफिक प्रहरी उपरीक्षक सन्तोष भट्टराईका अनुसार सबारी चालकको बयानको आधारमा लालगढ ट्राफिक चेकपोष्टका ईञ्चार्जमाथि छानविन थालिएको छ । राजमार्गमा चल्ने सबारी साधनलाई चेकजाँचको नाममा एउटै जिल्लाको राजमार्गका दुई÷तीन स्थानमा बसेर ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र रहे÷नरहेको मात्र हेर्ने गरेका छन् ।

उनीहरुले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको चालकहरू बताउँछन् । ट्राफिक प्रहरीले सबारी साधनको यान्त्रिक अवस्थाभन्दा पनि भारतीय मालबाहक सवारी साधन, पराल, ईट्टा, कवाड लोड मालबाहक सवारी साधन र पशु लोड गरेको सवारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनको अनधिकृत रकम लिने गरेको आरोप लाग्दै आएको छ ।

मधेस प्रदेश अन्तर्गत बाराको जीतपुर सिमरा, नीजगढ, कलैया, प्रसौनी, गण्डक रौतहटको चन्द्रपुर, गौर, गरुडा, डुमरिया, बालचनपुर, गरुडा, शिवनगर, जयनगर, सुकदेव चौक, र गौर यस्तै भित्रि भागमा पर्ने कटहरिया, मौलापुर, समनपुर सर्लाहीको नवलपुर, हरिऔन, हरपुर, मलङ्गवा, महोतरीको बर्दिबास, गौशाला, जलेश्वर, धनुषाको मुझेलिया, ढल्ेकबर, जनकपुर, महेन्द्रनगर, सिराहाको लाहान, धनगढी, सिराहा माडर, गोलबजार सप्तरीको भारदह, शम्भुनाथ, कन्चनपुर, हनुमाननगर लगायतका ट्राफिक प्रहरीले रकम असुल्ने गरेको आरोप रलाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्