सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान



 

काठमाडौ । प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४
गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव
महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा फागुन ८ गते आयोजित एक समारोहका बीच दर्ज्यानी चिन्ह
प्रदान गर्नुभएको छ ।
दज्र्यानी चिन्हबाट शुसोभित हुनुहुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी
नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम
थापा हुनुहुन्छ ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि
पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै बढुवासंगै बढेको पदिय
जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न
निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व
गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै
समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र
मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो ।
उहाँले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप
जिम्मेवारी दिईएको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको
रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक
पदोन्नती भएको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि
त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु
पर्ने उल्लेख गर्नुहुँदै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि
सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका
राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धार जस्ता कार्यहरुको
माध्यमबाट सशक्त सुरक्षा संगठनको रुपमा उभ्याउन सवैले आ–आफ्नो तह र
तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुहँुदै आफ्नो पेशागत
जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र
ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुनुपर्ने
बताउनुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती
अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी
परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ
अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्