राष्ट्रपतिको बारेमा निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई

माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका बारेमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । सोमबार सांझ बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसंग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्