संगीत तथा नाट्य प्रतिष्ठानमा पहिलोपटक महिला कुलपति



नेपाली कला, भाषा र साहित्यका तीन प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र प्राज्ञ नियुक्त गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको सिफारिसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पहिलोपटक महिलालाई नियुक्त गरिएको छ। सो प्रतिष्ठानमा रंगकर्मी निशा शर्मा पोखरेललाई नियुक्त गरिएको हो। त्यसैगरी, शम्भु राईलाई उपकुलपति, कुष्मा महरा प्रगति सदस्य सचिव तथा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनकुमार मगर, टीका पुन र चेतन सापकोटा प्राज्ञ परिषद् सदस्य, राधा राई, पुरु लम्साल, विनितकुमार ठाकुर, सुरथ विष्ट, महेश्वर सुनार, कमलमणि नेपाल, दिलबन्धु यादव, कला राई, शान्ति कठायत, हरिप्रसाद पौडेल, सुरोजकुमार मादेन, टीकाराम राई, विष्णु मोक्तान, देवकुमार चौधरी र भीषण मुकारुध्र राई प्राज्ञसभा सदस्य नियुक्त भएका छन्।

त्यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नारदमणि हार्तम्छाली कुलपति, लालकाजी लामा उपकुलपति, देवेन्द्र थुम्केली सदस्य सचिव, सञ्जय बान्तवा, पाल्साध्र्मो लामा, सौरगंगा दर्शनधारी, प्रदीप अधिकारी, दिनेश्वर महतो र अरुणा हिध्रमाध्र परिषद् सदस्य, नरेन्द्रप्रसाद भण्डारी, लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, वासुदेव श्रेष्ठ, प्रदीप शाक्य, सुन्दर सिंखवाल, निरिमाया लामा, चन्द्रकुमार राई, महेन्द्र सुनार, राधिका कँडेल, अजमत अली, जुपिटर प्रधान र कृष्णप्रसाद शाह प्राज्ञसभा सदस्य नियक्त भएका छन्।

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानमा भुपाल राई कुलपति, विमल निभा उपकुलपति, डा. धनप्रसाद सुवेदी सदस्य सचिव, डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुध्र, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने र त्रैलोक्यमान बनेपाली परिषद् सदस्य, डा. सूर्यप्रसाद यादव, डा. बालाकृष्ण अधिकारी, धर्मेश पोखरेल, चेतनाथ धमला, शशीराम कार्की, सुमित्रा राई, रामहरि श्रेष्ठ, प्रकाश तिवारी, पञ्चकुमारी दर्जी, नारायणप्रसाद मरासिनी, डा. खेमराज खनाल, दुर्गानारायण ढकाल, जनकराज कापडी रसिक, मुनाराज शेर्मा, डा. कृष्णराज चौधरी, डा. विष्णुकुमार सिञ्जाली, विप्लव ढकाल, नवीन जिरेल, ईश्वर बुढाथोकी, डा. भागवत आचार्य, महानन्द ढकाल, दिलेन्द्र सुब्बा, डा. तारामणि राई र उपेन्द्र सहनी प्राज्ञसभा सदस्य नियुक्त भएका छन्।

तीनै प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्