कवितासँग गीतकार वसन्त



साहित्यकार तथा उद्योगपति गीतकार वसन्त चौधरी कवितासँग वसन्त नामक काव्य वाचन कार्यक्रममा प्रस्तुत भएका छन्। उद्योगपति गीतकार प्रणय दिवसको अवसर पारेर हालै राजधानीको मण्डला थिएटरमा आयोजित काव्य वाचन कार्यक्रममा प्रस्तुत भएका हुन्।

सो अवसरमा गीतकार चौधरीका दुई कृति मेरा गीत र जीवनमन्त्र लोकार्पण गरिएको थियो। कार्यकममा गीतकार चौधरीले आप्mना दर्जनभन्दा बढी प्रणय कविता दर्शक स्रोताका लागि प्रस्तुत गरेर कार्यक्रम नै प्रणयमय बनाएका थिए। कविता वाचनको प्रारम्भमा आफू प्रेममा विश्वास गर्ने व्यक्ति भएको जनाउँदै उनले घृणा र युद्धबाट केही सिर्जना नहुने बताए।

भावनका लहरहरुबाटै प्रेम कविता जन्मिने उल्लेख गर्दै चौधरीले भने, ञप्रेम कविता लेख्न सजिलो छैन। तथापि, म कविताका माध्यमबाट छुद्मै प्रेममय संसार बनाउन चाहन्छु, गितारको प्रत्यक्ष सुमधुर सांगीतिक धूनसँगै उनले पहिलो कविता सुनाए अलिक लजाइदेऊ। कविताबाट उनले मन बहकिने र यौवन छचल्किने प्रस अभिव्यक्त गरे। उनको दोस्रो कविता जब हामी टाढा हुन्छौँमा भेट्नु र मन मिल्नुको बयान थियो।

प्रेम शाश्वत भएकाले प्रेम अनुभूत गर्न मात्रै सकिने भन्दै कवि चौधरीले अद्वितीय प्रेम शीर्षकको कविता सुनाए। उनले तिम्रो माया, पहिलो पे्रमपत्र, अनन्त आनन्द, मृगनयनी, पराजित युद्ध, एक्लोपन, कस्तो कस्तो लाग्छ, स्मृतिको पहरा, बादल र राग अनुराग शीर्षकका प्रेमपूर्ण कविता वाचन गरी साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाए।

लभ इज इन द एयर थिम दिइएको काव्य वाचनको अन्त्यमा उनले गजल प्रणयको जग भएको उल्लेख गर्दै यो प्रेम संवादको शक्तिशाली विधा भएको बताए। र, तरन्नुममा सुनाए गजल

नरोक कोही अब प्रेमको धारा बग्न देऊ
चुपचाप किन नहोस् प्रेमको कुरा चल्न देऊ।

कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण पाहुनाले वसन्तका दुई कृति मेरा गीत र जीवन मन्त्र–२ एकसाथ सार्वजनिक गरे। मेरा गीत उनको नेपाली हिन्दी गीतको संगालो हो भने जीवनमन्त्र उक्तिसंग्रह हो। कार्यक्रम सञ्चालक कवि राजेन्द्र शलभले चौधरीले स्थगित विश्व काव्य यात्रा यही कार्यक्रमबाट शुरु भएको जानकारी गराए। कवि तथा गीतकार चौधरीले १३ वर्षअघि विश्व काव्य यात्रा शुरु गरेका थिए। उनले नेपालसहित २० मुलुकमा नेपाली कविता वाचन गरेका थिए।

कोभिडका कारण स्थगित उक्त कवितात्मक कार्यक्रम अबका दिनमा निरन्तर जारी रहने शलभले जानकारी गराए। कवि र गीतकारका रुपमा परिचित वसन्त चौधरीका डेढ दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन् भने वसन्तको छवि प्रेमिल कविका रुपमा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्